Headlines
Loading...
थरुहट थारुवान राष्ट्रिय सम्मेलन महोत्तरीको भंगहा सप्पन्न।

थरुहट थारुवान राष्ट्रिय सम्मेलन महोत्तरीको भंगहा सप्पन्न।

भंगहा महोत्तरी//

महोत्तरीको भंगहा नगरपालिका वडा न.४ अवस्थितरामनगर बिर्तामा थरुहट थारुवान राष्ट्रिय सम्मेलन कार्यक्रम  सनिवार एक समारोहका बिच सप्पन्न भएको छ।थरुहट थारुवान महोत्तरी को संयोजक कमल सिंह थारुको अध्यक्ष्ाता र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक लक्ष्मण थारुको प्रमुख आतिथ्यमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन सप्पन्न कार्यक्रममा                                                

 थरुहट थारुवान राष्ट्रिय मोर्चाको सदस्य श्रवण थारु,प्रभु सिंह,बद्रीनारायण चौधरी,बैजु राजवन्सी थारु लगायत हजारौंको संख्यामा थारु समुदायको उपस्थित रहेको थियो ।उक्त कार्यक्रममा बोल्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजक थारुले थारुहरुको बाहुल्यता रहेको                                                           

                            नगरपालिकामा यहाको स्थानीय सरकारको प्रमुख थारु हुनु पर्ने  त्यसकालागी सम्पुर्ण थारुहरु एकजुट भएर अघि बढनु पर्छ भन्ने संदेश दिनुभयो र साथै टिकापुर घट्नामा मुछिएका घरबार बिहिन भएका निर्दोषहरुको रिहाइको माग हुनु पर्ने कुरामा समेत उहाँले जोड दिनु भयो। कार्यक्रममा स्वागत मन्तव्य कमल सिंह थारुको रहेको थियो भने कार्यक्रमको संचालन भुपु सैनिक श्याम चौधरीले गरेका थिए।

0 Comments:

.
#