सांग्रिला डेभलपमेन्ट बैंक लि.को १७ औँ वार्षिक उत्सवको अवसरमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न।
सांग्रिला डेभलपमेन्ट बैंक लि. साखा कोल्हवीको आयोजनामा एक दिने बितिय साक्षरता कार्यक्रम कोल्हवी नगरपालिका वडा नं. ४ सपही कलेजको प्राङ्गणमा सम्पन्न भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लि.को १७ औँ वार्षिक उत्सवको अवसरमा एक दिने वितिय साक्षरता कार्यक्रममा बि.बि.एसमा अधययनरत ५० जना बिघार्थीहरुको सहभागितामा बितिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक लि. शाखा कोल्हबीका प्रबन्धक युवराज चौधरीले बैंक बारे जानकारी, महत्व , बैंकको वितिय पहुचको वारेमा , वचत ,ऋण , लगानी , विप्रेशण र विमाको वारेमा विस्तृत जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सपही क्यामपसका क्याम्पस चिफ दिनेश अधिकारी, पुजा कार्की, शारदा गौतम र रोशन झा लगाएतकाले बोल्नु भएको थियो।
0 Comments: