Headlines
Loading...
 ने.क.पा एमालेको वृहत् आम सभा वडा भेला कार्यक्रम सम्पन्न।

ने.क.पा एमालेको वृहत् आम सभा वडा भेला कार्यक्रम सम्पन्न।


कोल्हबी असोज ९// बाराको बारागढी गाउँपालिका वडा न. ५ सिङ्हासनी बजारको प्राङ्गणमा सनिवार एक समारोहका बिच ने.क.पा एमालेको वृहत् आम सभा वडा भेला कार्यक्रम सम्पन्न भएको छ।



बारागढी गाउँपालिका वडा न.५ का वडा कमिटी अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्ष्ाता र प्रदेश न.२ क्षेत्र न.१ (क) का प्रदेश सभा सदस्य त्रिलोकि चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न वृहत् आम सभा वडा भेला कार्यक्रममा                                                       




 राष्ट्रिय प्रतिनिधि परिषद सदस्य केवल प्रसाद चौधरी,जिल्ला कमिटी सदस्य मखन पासवान,ने.क.पा एमालेका क्षेत्रीय कमिटी सदस्य शंकर चौधरी,ने.क.पा का जिल्ला कमिटी सदस्य गोबिन्द प्रसाद पौडेल, सबिक गा.बि.स सुखीपथराका अध्यक्ष बृजकिशोर चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो।



उक्त वृहत् आम सभा वडा भेला कार्यक्रममा वडा न.५ का ३१ कमिटी गठन गरिएको छ । ३१ गठित कमिटीको अध्यक्ष पदमा सबिक गा.बि.स सिङ्हासनीका अध्यक्ष जितनारायण चौधरी,उपाध्यक्ष पदमा राजेन्द्र चौधरी,सचीव पदमा रामबाबु साह तेलि,स-सचिव पदमा बिहारि साह,                                                         


सदस्य पदमा कबिनाथ चौधरी,तारिख चौधरी,बेचु चौधरी,उमेश पटेल,सुकदेव चौधरी,जयरुप चौधरी,ललकी चौधरी,चहेतु चौधरी लगायतका चयन भएका हुन। उक्त कार्यक्रममा करिब महिला पुरुष गरि करिब तीन सय जानाको उपस्तिथि रहेको थियो।

0 Comments:

.
#