बाराको सुखीपथरामा नेपाल कम्युनिस्ट पार्टी एमालेको वडा भेला कार्यक्रम सम्पन्न।
कोल्हबी ७ असोज // बाराको बारागढी गाउँपालिका वडा न. ४ सुखीपथरामा बिहीवार एक कार्यक्रमका बिच अगुवा कार्याकर्ता भेला सम्पन्न भएको छ।
बाराको बारागढी गाउँपालिका वडा न.४ को वडा अध्यक्ष प्रेम अधिकारीको अध्यक्ष्ाता र राष्ट्रिय प्रतिनिधि सदस्य केवल प्रसाद चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेला कार्यक्रममा राष्ट्रिय प्रतिनिधि सदस्य धुरी साह,अखिल नेपाल महिला संघ बाराका अध्यक्ष ज्ञानु के.सी,बारागढी गाउँपालिका वडा न.२का वडा अध्यक्ष कृष्ण चौधरी,कमरेड राधाकृष्ण चौधरी,जिल्ला कमिटी सदस्य चयन गुरुङ,प्रदेश कमिटी सदस्य शंकर चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो।उक्त अगुवा भेला कार्यक्रममा ३१ सदस्यीय कमिटी गठन गरेको छ। गठित समितीको अध्यक्ष पदमा प्रेम चौधरी,उपाध्यक्ष पदमा गंगा चौधरी,सचिव पदमा राजदेव ठाकुर,स. सचिव पदमा सुकेन्द्र चौधरी लगायत ३१ सदस्यीय कमिटी चयन भएका छन् ।
उक्त सम्पन्न भेला कार्यक्रममा करिब दुई सय पचास जना कार्याकर्ताको उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य पुर्व जिल्ला बिकास समितिका सदस्य पुरनदेव चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन साबिक गा.वि.स अध्यक्ष बृजकिशोर चौधरीले गरेका थिए।

0 Comments: