बाराको प्रसौनामा ने.क.पा एमालेको वडा भेला कार्यक्रम सम्पन्न।
कोल्हबी असोज ६// बाराको कोल्हबी नगरपालिका वडा न. ६ प्रसौना वडा कार्यालयको सभा हलमा बुधबार एक समारोहका बिच ने.क.पा एमालेको वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
कोल्हबी नगरपालिका वडा न.६ का वडा अध्यक्ष पुरनदेब चौधरीको अध्यक्ष्ाता र ने.क.पा एमालेको केन्द्रीय कमिटी सदस्य एब्म प्रदेश न.२का सह-इन्चार्ज अच्युत प्रसाद मैनालीको प्रमुख अतिथ्यमा सम्पन्न वडा भेला कार्यक्रममा ने.क.पा एमालेका केन्द्रीय कमिटी सदस्य एब्म बारा जिल्ला इन्चार्ज बलबिर चौधरी,जिल्ला कमिटी सदस्य एब्म नगर प्रमुख भरत बहादुर भण्डारी,नगर उप-प्रमुख सुनैना देवी थरुनी,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य केवल प्रसाद चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो। उक्त कार्यक्रममा मायोबादी केन्द्र पार्टी त्याग गरि ने.क.पा एमालेमा प्रवेश गर्ने रामाकान्त चौधरी,राजकुमार चौधरी,जितेन्द्र चौधरी,रन्जित चौधरी र नेपाली काङ्ग्रेस पार्टी त्याग गरि ने.क.पा एमालेमा प्रवेश गर्ने जयराम चौधरी रहेका छ्न।
उक्त कार्यक्रममा वडा न.६ का २९ कमिटी गठन गरिएको हो । २९ गठित कमिटीको अध्यक्ष पदमा पारसनाथ चौधरी, सचीव पदमा पासपत प्रसाद पजियार,उपाध्यक्ष पदमा गोपी माझी, सह-सचिव पदमा सुरेन्द्र माझी ,सदस्यहरुमा तेजा चौधरी,पानमती राम,अच्छेलाल चौधरी,बिनोद चौधरी,रुदल चौधरी,अनहोती पजियार,सुरेन्द्र राम,उपेन्द्र राम ,राजमन्ती चौधरी,जगुनन्दन राम,लक्ष्मी बि.क,ईना चौधरी,प्रसाद चौधरी,गोपी माझी,हरियोम चौधरी,ब्रसोधिया चौधरी,शिवेन्द्र चौधरी,दिपेन्द्र चौधरी,पल्ट चौधरी,अनुराधा देवि,जितेन्द्र चौधरी,पल्टा चौधरी,रामवती चौधरी चयन भएका छ्न।


0 Comments: