ने.क.पा एमालेको वडा भेला सम्पन्न ।।
भाद्र २९ गते//बाराको कोल्हबी नगरपालिका अवस्थित तामागढी इभेन्त भ्यनु पार्टी पेलेसको सभा हलमा मंग्लवार एक समारोहका बिच ने.क.पा एमालेको वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
कोल्हबी वडा न.१ का वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद ढकालको अध्यक्षता र ने.क.पा. एमालेको केन्द्रीय कमिटी सदस्य तथा प्रदेश २ को सह–ईन्चार्ज अच्युत प्रसाद मैनालीको प्रमुख अतित्थ्वमा सम्पन्न वडा भेला कार्यक्रममा राष्ट्रिय
परिषद केन्द्रीय सदस्य केवल प्रसाद चौधरी ,कोल्हवी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भन्डारी, उप-प्रमुख सुनैना देवि थरुनी, जिल्ला कमिटी सदस्य गोबिन्द प्रसाद पौडेल लगायतले कार्यक्रममा बोल्नु भएको थियो।
कार्यक्रममा बोल्दै ने.क.पा. एमालेको केन्द्रीय कमिटी सदस्य तथा प्रदेश २ को सह–ईन्चार्ज मैनालीले बाटो बगाएका सम्पुर्ण कर्याकर्ताहरुलाई पुर्ण एक जुट भइ अगाडि बढन उहाले जोड दिनु भयो।
उक्त सम्पन्न वडा भेला कार्यक्रममा राष्ट्रिय अनुसन्धान बिभाग कोल्हबीका प्रमुख कृष्ण चौधरी लगायत करिब दुई सय कार्याकर्ताको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सम्भु प्रसाद साहले गरेको थियो।



0 Comments: