बाघको आक्रमणबाट बारामा २ जना घाइते ।
बाराको कोल्हबी नगरपालिका वडा न.११ थस्कौल निवासी ४९ वर्षिय हरिकिशुन पनुहर र ५० वर्षिय पाहुन चौधरीलाई बाघले आक्रमण गरेको हो।
१७ गते बिहीबार दिउसो १२ बजे तिर दाउरा लिन बाराको कोल्हवी निजगढ अन्तर्गतको चारकोसे झारीमा गएको थियो । दाउरा टिपिरहेको बेला पाहुन चौधरीलाई अचानक् पछाडीबाट पाटे बाघले आक्रमण गरेको हो ।
संग संगै दाउरा टिपन गएका पाहुन चौधरीलाई उनका साथी हरिकिशुन पनुहरले आफ्नो ज्यान खतरामा हाली बाघसंग लडेर उनलाई बचाएको हो । बचाउने क्रममा हरिकिशुन पनुहरलाई दाहिने हातमा बाघको पञ्जाले आक्रमण गर्दा गहिरो घाउ लागेको छ भने पाहुन चौधरीको घाटी, जिउ र छातीमा घाउलागेको छ ।


0 Comments: