कोल्हबीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट ।।
कोल्हबी २३ श्रावण// ईलाका प्रहरी कार्यालय कोल्हबीद्वारा १ हजार १ सय लिटर अवैध घरेलु मदिर नष्ट गरिएको छ।
ईलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी गस्ती टोलिले विभिन्न मिति तथा स्थान बाट पक्राउ गरि ल्याएको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको हो ।
पक्राउ गरिएको प्लास्टिकको ग्यालिनमा तयारी १ हजार १ सय लिटर अवैध घरेलु मदिरा करिब ३ महिना देखि कार्यालयमा राख्दै आएका थिए र उक्त तयार घरेलु मदिरा
शुक्रबार करिब ४ बजेको समयमा जन-प्रतिनिधि,राजनितिक दलका प्रतिनिधि,प्रहरी,कर्मचारी लगायत स्थानीय संचारकर्मीको रोहवरमा ईलाका प्रहरी कार्यालय कोल्हबीको भवन पछाडि रहेको
आफ्नै नालीमा उक्त तयारी १ हजार १ सय घरेलु मदिरा नष्ट गरेको बारे ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख शेखर कुमार साहले जानकारी दिनु भयो।



0 Comments: