ने.क.पा एमालेको बिस्तारित बैठक सम्पन्न ।।
श्रावण १६ गते//बाराको कोल्हबी नगरपालिका अवस्थित शुबिहानी कटेजको सभा हलमा शनिबार नेपाल कम्युनिस्ट पार्टी बारा क्षेत्र नम्बर १ को बिस्तारित बैठक सम्पन्न भएको छ।
ने.क.पा एमाले बाराका क्षेत्रीय इन्चार्ज ढुण्ढिराज उप्रेतीको अध्यक्षता र केन्द्रिय सदस्य दिनेश राईको प्रमुख अतित्थ्वमा उक्त बिस्तारित बैठक सम्पन्न कार्यक्रममा पुर्ब युबा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, प्रदेश सान्सद सीता गुरुङ, ने.क.पा एमाले बारा जिल्लाका अध्यक्ष सुन्दर विश्वकर्मा, उपाध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिव निजगढ नगरपालिकाकी उपप्रमुख लिला देवी खनाल, महिला नेत्री विवा कार्की, कमरेड बिजेन्द्र चौधरी लगायतले कार्यक्रममा बोल्नु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले केपी ओलीको दम्भ र अहंकारको कारण हाम्रो पार्टी पछाडि परेको र हामीहरु यो पार्टीलाई अझै पनि एकताबद्द बनाएर लैजाने मनस्थितिमा छौ तर ओलीजीले पटक पटक संसद विघटन गरेर आफ्नो अहमता देखाउन खोजेको र जसको परिणाम स्वरुप बालुवाटारबाट बालकोट जाने परिस्थिति आएको र यस्तै रबैआ ओलिको अझै रह्यो भने भोलीको दिनमा एक देखि सय हैन सय देखि एक सम्ममा आउन कुनै बेर लाग्दैन र ओरिजिनल कम्युनिस्टहरु जहिले पनि सत्यको पक्षमा हुन्छ । पार्टीलाई एकता कस्ले गर्न खोजिरहेको छैन भनेर आम जनताले बुझी सकेको कुरा प्रष्ट पार्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश राइले हामीहरु अझै पनि पार्टी एकताको पक्षमा रहेको र आउने दिनमा बारा जिल्लाका मित्रहरू जहिले पनि सत्यको पक्षमा रहेर वकालत गर्नु हुनेछ भनेर आफू बिस्वस्त रहेको बताउनुभयो। उक्त कार्यक्रममा क्षेत्र न.१ भरिका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।



3 hand poker online casino, download at best slots online カジノ シークレット カジノ シークレット 10cric login 10cric login 3740pa mgm casino app review - Ayogad
ReplyDelete