थस्कौलमा ने.क.पा एमालेको वडा भेला कार्यक्रम सम्पन्न।
कोल्हबी भाद्र ३१// बाराको कोल्हबी नगरपालिका वडा न. ११ थस्कौलमा बिहिबार एक समारोहका बिच ने.क.पा एमालेको वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
नगर कमिटी सदस्य ध्यानी चौधरीको अध्यक्ष्ाता र राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य केबल प्रसाद चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न वडा भेला कार्यक्रममा कोल्हबी नगरपालिकाकी नगर उप-प्रमुख सुनैना देवि थरुनी,अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष ज्ञानु के.सी,ने.क.पा एमालेका क्षेत्रीय सचिव जितबहादुर चौधरी,क्षेत्रीय सदस्य रामलोचन चौधरी,जिल्ला कमिटी सदस्य पृथ्वीराज शिवाकोटी लगायतले कार्यक्रममा बोल्नु भएको थियो।
उक्त कार्यक्रममा वडा न.११ का १३ कमिटी गठनपनि गरिएको हो । १३ गठित कमिटीको अध्यक्षमा बिक्रम प्रसाद चौधरी,सचीव पदमा मन्जु चौधरी,सह-सचिव पदमा बिनोद चौधरी,सदस्यहरुमा रामध्यानी चौधरी,पलट चौधरी,माया चौधरी,रामप्रताप चौधरी,जयबहादुर पैसवान,सम्फूल चौधरी,बाबुलाल चौधरी,कृष्ण प्रसाद चौधरी,अच्छिया देवि चौधरी,रामपति चौधरी रहेका छ्न।
उक्त सम्पन्न भेला कार्यक्रममा स्वागत मन्तव्य माया चौधरीको रहेको थिइन भने कार्यक्रमको संचालन पुर्व गा.वि.स. अध्यक्ष बिक्रम चौधरीले गरेको थियो।

0 Comments: