जितिया पर्वको उपलक्ष्यमा पहिलो शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न ।
कोल्हबी असोज १४// बाराको कोल्हबी नगरपालिका वडा न.१ कोल्हबी अवस्थित थारु सेवा सदन को सभा हलमा आज बिहिबार एक समरोहका बिच पहिलो शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
थारु कल्याण कारयणी सभा गाउँ इकाई कार्य समिती कोल्हबी बाराको आयोजना पहिलो शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।थारु कल्याण कारयणी सभा गाउँ इकाई कार्य समिती कोल्हबीको अध्यक्ष रामबाबु चौधरीको अध्यक्ष्ाता र कोल्हबी नगरपालिकाकि नगर उपप्रमुख सुनैना देवि थरुनीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा वडा न.१का वडा अध्यक्ष बिरेन्द्र चौधरी,
वडा न.३का वडा अध्यक्ष किसुनदयाल चौधरी, वडा न.५ का वडा अध्यक्ष वासु चौधरी,वडा न.७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी,राष्ट्रिय अनुसन्धान बिभाग कोल्हबीका प्रमुख कृष्ण चौधरी,अनुप दिपनी उच्च मा.बि कोल्हबीका शिक्षक नन्देश्वर चौधरी, समाजसेवी हरिहर चौधरी, धनजय पनुहर,जगदेव चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।उक्त शुभकामना मन्तव्यको क्रममा वक्ताहरूले समाजमा रहेका विकृति सुधार गर्ने, दहेज प्रथा चलन हटाउनेआदि उहाँहरुले जोड दिनु भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य तामागढी वन साझेदारीका संयोजक रबिन्द्र पनुहरको रहेको थियो भने कार्यक्रमको संचालन रेडियो पतालगंगा कोल्हबीका सि.इ.यो धिरेन्द्र पनुहरले गरेका थिए ।
0 Comments: