Headlines
Loading...
अल्कत्रा बनाउने ट्याङ्करमा आगलगी।

अल्कत्रा बनाउने ट्याङ्करमा आगलगी।


 श्रावण १२//पर्साको जिराभवानी गाउँ पालिका वार्ड नम्बर दुई लाटो माइ मन्दिर नजिक हुलाकी सडक बिरगंज को लक्षमनवा देखि जिराभवानी को चमरी सम्म निर्माण को ठेक्का लिएका पप्पु कन्ट्रकसन को अल्कत्रा बनाउने ट्याङ्कर  मा आज बिहान तीन बजेको समय आगलागी भएको छ ।



बाटो निर्माण को कार्य भैरहेकै बेला ना १ क १७९९ नम्बर को ट्याङ्कर मा अचानक  आगलागी भएको ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायब निरीक्षक राजाबाबु यादवले जानकारी दिनुभयो ।


आगलागी बाट ट्याङ्कर  को पछाडि को भाग पुर्ण रुपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ। 
आगोलाइ स्थानीय बासी प्रहरी र पोखरिया नगरपालिकाको दम्कल को सहयोगबाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले जानकारी दिनुभयो।

0 Comments:

.
#