बारामा हात्तीको दाह्रा सहिँत ३ जना पक्राउ।।
बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडीबाट हात्तीको दाह्रा सहिँत कारोबारमा सम्लग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वाड न.११ रतनपुर बस्ने ३४ वर्षीय सूर्य प्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका वाड न.१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी गस्ती टोलीले हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको ना. ५० प १२२७ नं.को कालो र रातो रङको २ सय २० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँचको क्रममा सो मोटरसाइकलमा पछाडी सवार रहेको सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा तिन फिट आठ ईन्च लामो र एक फिट गोलाई आठ किलो चार सय चालीस ग्राम वजन भएको हात्तीको दारा फेला पारेको हो ।फेला परेपछि उनीहरुलाई लगत्तै पक्राउ गरिएको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
हात्तीको दाह्रा सहिँत पक्राउ परेका तीनजनालाई आवश्यक कानून बमोजिम कार्वाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।


How To Make Money On Sports Betting
ReplyDeleteOnline poormansguidetocasinogambling sports betting is available casinosites.one for a whole หาเงินออนไลน์ host of US and casino-roll.com European sports 1xbet login betting markets. Some US states, like Louisiana and New Jersey, allow